aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

१३ औं साग अन्तर्गत भलिबल भोलिदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० मंसिर २०७६
१३ औं साग अन्तर्गत भलिबल भोलिदेखि

काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबारदेखि भलिबलको खेल शुरुहुँदै छ । सागको औपचारिक उद्घाटन १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भए पनि भालिबल खेल भने बुधबारदेखि नै शुरुहुने छ ।

सागमा नेपालसहित सातवटा देशले भाग लिँदै छन् । तर भलिबलमा ६ देशले भाग लिने छन् । साग खेल्ने देश मध्ये भुटानको भलिबल टिम अहिलेसम्म छैन् ।भलिबलमा नेपालको महिला र पुरुष दुवै समूहमा भारत र बंगलादेश रहेका छन् ।

बुधबार दिउँसो तीन बजे सागको भलिबल तर्फको महिलाको उद्घाटन खेल हुने छ । जसमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको शुरुआत गर्ने छ । नेपाली महिला टिमले २ साता अघि सोझो सेटमै बंगलादेशको घरेलु भूमिका हराएकाले उच्च मनोबलका साथ कोर्टमा उत्रने छ ।

नेपाली महिला टिम सागमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ अहिले तयारीमा रहेको छ । नेपाली टिमकी कप्तान अरुणा शाहीले यस पटक घरेलु मैदानमा स्वर्ण पदक जित्दै इतिहास रच्ने लक्ष्यमा रहेको बताइन् ।

बुधबार अपरान्ह पाँच बजे पाकिस्तान र माल्दिभ्स भिड्ने छन् । यस्तै विहीबार अपरान्ह ५ बजे नै नेपाली महिला टिमले भारतसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै राति सात बजे श्रीलंका र पाकिस्तान आमने सामने हुने छन् ।

शुक्रबार एक बजे भारत र बंगलादेश भिड्दा दिउँसो तीन बजे श्रीलंका र माल्दिभ्स आमने सामने हुने छन् । यसैगरी, पुरुष तर्फको पहिलो खेल राति सात बजे हुने छ ।

जसमा नेपालले बुधबार बंगलादेशसँग खेल्ने छ । विहीबार दिउँसो १ बजे पाकिस्तान र माल्दिभ्स तथाृ दिउँसो ३ बजे भारत र बंगलादेश आमने सामने हुने छन् ।

नेपाली पुरुष टिमले समूह चरणको अन्तिम खेल शुक्रबार अपरान्ह ५ बजे भारतसँग खेल्ने छ । सोही दिन राति सात बजे श्रीलंका र माल्दिभ्स खेल्ने छन् ।

समूह चरणको अन्तिम खेलमा शनिबार श्रीलंका र पाकिस्तान दिउँसो ३ बजे खेल्ने छन् । समूह चरणका शीर्ष २ टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

सेमिफाइनलबाट फाइनलमा पुगेका दुई टिमले स्वर्ण र रजत पदकका लागि प्रतिस्पर्धा गर्दा पराजित हुने २ टिमले कास्य पदककालागि खेल्ने छन् । भलिबलको फाइनल खेल १७ गते हुने छ ।

प्रतिक्रिया दिनुहोस