झापा । झापाका युवा उद्यमी विजय डालमियाले आफ्नो कम्पनीबाट उत्पादित पिउने पानीकमो बोतलमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रतीक चिह्न राखेका छन । मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष डालमियाले ‘अक्वा टप मकालु प्रालि’मार्फत ‘डालमिया’ बोतल र जारमा प्रतीक चिह्न राखेका हुन ।
भ्रमण वर्षको प्रचारप्रसारमा सहयोग पु¥याउन पानीको बोतलमा नेपाल भ्रमण वर्षको प्रतीक चिह्न राखेकामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले फेसबुकमार्फत सो कार्यको प्रशंसा गर्नुभएको छ । “भ्रमण वर्ष २०२० मूल आयोजक समितिको आह्वानलाई सम्मान गर्दै डालमियाले बोतलमा भ्रमण वर्षको प्रतीक चिह्न राख्नुभएकोमा धन्यवाद”, उनले आफ्नो फेसबुकवालमा लेखेका छन, “अरु उद्योगी तथा व्यवसायीबाट पनि यस्तै कामको अपेक्षा गरिन्छ ।” जिल्लामा पिउने पानीको उत्पादन गर्ने १८ उद्योग सञ्चालनमा छन् । डालमियाले नेपाल भ्रमण वर्ष सफल बनाउन बोतलमा प्रतीक चिह्न राखेको बताए ।
प्रतिक्रिया दिनुहोस