aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चिलिमे हाईड्रोपावरको मुनाफामा १७ प्रतिशतले गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ बैशाख २०७६
चिलिमे हाईड्रोपावरको मुनाफामा १७ प्रतिशतले गिरावट

चिलिमे हाईड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ५४ करोड ३६ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १७ दशमलव ४४ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले नाफा ६५ करोड ८५ लाख रुपैयाँ कमाएकोे थियो ।

 
४ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ४ अर्ब ५१ करोड ६ लाख रुपैयाँ पुर्याएको छ । जसको सम्पत्ति ९ अर्ब ६० करोड ४५ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोहिअवधिको तुलनामा ७ प्रतिशतले बढेको छ ।

त्यस्तै कम्पनिको बिक्री सामान्य बढेर ८० करोड ७५ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा ७ दशमलवल ४० प्रतिशतले घटेर ५८ करोड ८९ लाख रुपैयाँ रहेको छ । संचालन मुनाफा घटाएको हुँदा नाफा पनि घटेको हो ।

चिलिमे हाईड्रोपावरको प्रतिशेयर आम्दानी १५ दशमलव २३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३३ दशमलव १५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ९४ दशमलव ८० रुपैयाँ र तरलता अनुपात ११ दशमलवल ०९ प्रतिशत रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस