aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

क्यान महासंघमा नयाँ नेतृत्व

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ मंसिर २०७६
क्यान महासंघमा नयाँ नेतृत्व

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको तेह्रौं महाधिवेशन तथा २६औं साधारणसभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । मंसिर ७ गते सम्पन्न साधारणसभाले नवराज कुँवर नेतृत्वमा ४० सदस्यीय कार्यसमिति चयन गरेको हो । कुँवर प्रतिस्पर्धी सुनैना पाण्डेको भन्दा १२ प्रतिशत बढी ल्याएका छन् ।

क्यान महासंघको उपाध्यक्षमा रणजितकुमार पोदार, खुसल रेग्मी, रत्नतारा तुलाधर (बैद्य) र रेशम गिरि निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा नारायणबहादुर थापा चुनिए । सचिवमा राजेन्द्रप्रसाद अर्याल, रेगबहादुर भण्डारी, चिरञ्जीवी अधिकारी, शेखरनाथ दुलाल, ठाकुरकुमार श्रेष्ठ, भुपालदास श्रेष्ठ, दिपेन्द्रकुमार सिंह, जगनबहादुर गुरुङ, दलबहादुर खड्का र हर्कबहादुर सेटि विजयी भएका छन् । कोषाध्यक्षमा डा पवनकुमार शर्मा निर्वाचित भए ।

क्यान महासंघको साधारणसभाबाट २२ जना कार्यकारिणी सदस्य निर्वाचित समेत चयन भएका छन् । अरुणकुमार बंसल, उमेश रघुबंशी, गुणकेशरी प्रधान, सुमनलाल प्रधान, अमित अग्रवाल हेमपाल श्रेष्ठ, चन्द्रविलास भुर्तेल, सुषमा शर्मा (वस्ती), नविन जोशी, भोजराज भट्ट, श्रीधर मरासिनी, बुद्धरत्न मानन्धर, प्रताप सापकोटा, रेभा राज भण्डारी, सर्मिला भुजेल, सरिता सिंह, भुपेन्द्र मैनाली, भानुभक्त शर्मा, कृष्णप्रसाद पौडेल, ध्रुवराज शर्मा, भीम मल्ल, खेमराज ढुंगाना कार्यकारिणी सदस्यमा विजयी भएका हुन् ।
यसैगरी लेखा समितिमा ३ जना निर्वाचित भएको छन् जसमा संस्थागत तर्फबाट  केशव प्रसाद भट्टराई ब्यक्तिगत तर्फबाट राजु कट्टेल र जिल्ला शाखाको तर्फबाट भिमसेन गिरी निर्वाचित भएका छन्  ्र  
 

प्रतिक्रिया दिनुहोस