
देशभरका सरकारी कार्यालयका वेबसाइटमा समस्या अाएकाेले खुल्न छाडेका छन् । सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेका हुन् ।
सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् । यसले गर्दा सेवाग्राही प्रभावित भएका छन् । हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट हुने काम बन्द भएको छ । विशेष गरी मालपोत, यातायात, राहदानी लगायतका विभागका सेवाग्राही सर्भर डाउन भएपछि समस्यामा परेका छन् । एकीकृत सर्भरमा आवद्ध भएका सरकारी कार्यालयमा अनलाइनमा आधारत कामकाज ठप्प भएको छ ।
सरकारी कार्यालयहरुमा पछिल्लो सयममा अनलाइन सेवा दिने क्रम बढेपनि त्यसअनसुसार सर्भरको क्षमता विस्तार नगर्दा समस्या भएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडीसी)ले जनाएको छ । एकैपटक सर्भरमा उच्च ट्राफिक आउँदा सर्भर डाउन भएको केन्द्रले जवानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस