
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुल काठमाडौंको त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भव्य रुपमा उद्घाटन कार्यक्रम शुरु भएको छ । उक्त उद्घाटन कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् ।
उद्घाटनको मार्चपासमा नेपालको झण्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोकेका छन् । उनले सन् २००६ मा भएको दशौं सागमा स्वर्ण पदक समेत जितेका हुन । त्यस्तै, चार पटक सागमा स्वर्ण जितेका तेक्वान्दोका दीपक विष्टले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २६ खेलमा खेल्ने छन् ।
प्रतिक्रिया दिनुहोस