
काठमाडौं । वानप्लस, ग्लोबल मोबाइल टेक्नोलोजी कम्पनीले परम्परागत प्रविधिलाई चुनौती दिदैँ आफ्नो प्रिमियम फल्यागसीपको नयाँ स्मार्टफोन वानप्लस ७ टि प्रो नेपालमा सार्वजनिक गरेको छ ।
वानप्लस ७ टि प्रो मा ६.६७ इन्चको ाfluid AMOLED 3120x1440 HD+ रिजोलुशन छ र कर्निङग गोरिला ग्लास ५ र HDR10/HDR+ सर्टिफाइड ९० एचजेड डिस्प्लेको साथमा १९.५ः९ स्क्रिीन रेसियो रहेको छ ।
यसलाई शक्तिशाली स्न्यापड्रेगन ८५५ अक्टा कोर प्रोसेसर र 7nm Andreno 640 चिपसेट रहेको छ । यो एन्ड्रोइड १०.० र OXygenn ओएस १०.०.४ मा चल्छ । वानप्लस ७ टि प्रो मा स्टोरेजका लागि २५६ जीबी यूएफएस ३.० स्टोरेज र ८ जीबी LPDDR4X छ ।
वानप्लस ७ टि प्रो मा मोटोराइज्ड पपअप १६ एमपी फ्रन्ट क्यामेरा,f/1.6 अपर्चर भएको ४८ एमपी प्रमुख क्यामेरा, १६ एमपी अल्ट्रावाइड, ८ एमपी, तीन गुणा अप्टिकल जुम, पिडीएएफ, लेजर एएफ, ओआईएस डुअल एलईडी फ्लास, एचडीआर र पानारोमा जस्ता विशेषता रहेको छ । यसको साथै सुरक्षालाई मध्यनजर गर्दै वानप्लस ७ टि प्रो मा ०.२८ सेकेण्डको फेस अनलक र अन्डर डिस्प्ले फिङगरप्रिन्ट रहेको छ ।
वानप्लस ७ टि प्रो मा वाईफाई कनेक्टीभिटी, ब्लुटुथ ५.०, एनएफसी, जीआरएस र डब्लुल्यान जस्ता विशेषता छ । वानप्लस ७ टि प्रो मा शक्तिशाली ४०८५ mब्ज् फास्ट ब्याट्री चार्जर ३० वाट्ट (५ भी, ६ ए) चार्जिङग टेक्नोलोजी रहेको छ । वानप्लस ७ टि प्रो हेज ब्लु भरियन्टमा ९९,९९९ रुपैयाँमा नेपालभरका अधिकृत वानप्लस स्टोरहरुमा नोभेम्बरबाट उपलब्ध हुनेछ ।
प्रतिक्रिया दिनुहोस