
काठमाडौं । सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्ने क्रममा नवलपरासी स्थित परासीमा १२५औँ शाखा संचालनमा ल्याएको छ ।
आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर नरेन्द्र कुमार गुप्ता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरेको थियो ।
उक्त कार्यक्रममा जनक शर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्त बचतलाई बैंक मार्पmत लगानि गर्न प्रोत्साहन गरे ।
सोही दिन आयोजित सुरुङ्गा शाखा कार्यालय स्थानान्तरण कार्यक्रममा कनकाई नगरपालीकाको मेयर राजेन्द्र कुमार पोखरेल र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेको थियो ।
उतm कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा श्रीमती आशा राणा अधिकारी लगायत अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।
हालसम्म सनराइज बैंकले १२५ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरm संचालन गर्ने योजना रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस