aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

१३ औ‌ं सागः नेपालले जित्यो ४ स्वर्ण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
१३ औ‌ं सागः  नेपालले जित्यो ४ स्वर्ण

काठमाडौं । १३ औ‌ं दक्षिण एसियाली खेलकुद (साग) को प्रतिस्पर्धामा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ ।

दक्षिण एसियाली खेलकुद सागमा तेक्वान्दोमा कमल श्रेष्ठले स्वर्ण जितेका छन । जारी सागमा नेपाललाई दोस्रो स्वर्ण दिलाएका कमलले भारतका राहुल जैनलाई हराउँदै स्वर्ण हात पारे ।

तेक्वान्दोको पुम्से इभेन्ट्समा उनले आठ दशमलव २७० अंक प्राप्त गर्दै स्वर्ण हात पारे । दोस्रो स्थानमा रहेका राहुलले ८ दशमलव २०० अंक प्राप्त गरे । तेस्रो स्थानमा श्रीलंकाका खेलाडी रहेख। उनले ८ दशलमव ५० अंक प्राप्त गरे ।

ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो ।

सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी छिन् ।

यसअघि कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपालका लागि पहिलो स्वर्ण दिलाएका थिए ।

यस्तै कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रह्यो ।

प्रतिक्रिया दिनुहोस