काठमाडौं । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले २५ केजी चरेश सहित २ जनालाई पक्राऊ गरेको छ ।
प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–२, भैंसेचोकमा सवारी चेकजाँचको क्रममा मोटरसाईकलको तेल ट्यांकीमा फल्स बटम बनाई ल्याउदै गरेको लागूऔषध चरेश बरामद गरेको हो ।
हरीले भारत बिहार, मोतिहारी सिसुवा ग्राम वडा नम्बर–२ बस्ने बर्ष २५ का राजेश यादव र बर्ष १८ का ऋषिकुमार यादवलाई सो परिमाणका चरेश सहित पक्राऊ गरेको हो ।
प्रहरी चौकी भैंसेबाट प्रहरी नायब निरीक्षक दिलिपकुमार सिंहको प्रहरी टोलीले पालुङ्गबाट हेटौंडातर्फ आउँदै गरेको बा। २५ प ८७८३ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा सीटको तल फल्स तेल ट्ंयाकी बनाई, वास्तविक तेल ट्यांकी भित्र लागूऔषध चरेश लुकाएको फेला पारेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस