
काठमाडौं । काठमाडौं महानगरले सार्वजनिक ठाउँका सम्पूर्ण विज्ञापन सात दिन भित्र हटाउन निर्देशन दिएको छ।
सोमबार सूचना जारी गर्दै महानगरले घर, कम्पाउण्ड, छत, बिजुलीका पोल, सडकमा राखिएका डिभाइडर लगायतमा राखिएका पर्चा पम्पलेट, भित्तेलेखनजस्ता अनधिकृत विज्ञापन बोर्ड आफै हटाउन निर्देशन दिएको हो।
आफैले नहटाए महानगरले हटाउन लाग्ने खर्च समेत असुली गर्ने चेतावनी दिएको छ । यस्ता विज्ञापन बोर्ड तथा पर्चाले वातावरणीय प्रदूषण गरी स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न, हिडडुल गर्न र प्रदुषण रहितको सुन्दर दृश्यावलोकन गर्ने अधिकारमा बाधा व्यवधान गरेको भन्दै २०७२ भदौ १६ गते सर्वोच्च अदालतले महानगरलाई व्यवस्थित बनाउन आदेश दिएको थियो।
त्यही आदेश पालना गर्दै महानगरले सूचना जारी गरी कार्यन्वयनमा ल्याएको हो। केही विज्ञापन अझै बाँकी देखिएकाले महानगरले सात दिन भित्र विज्ञापन हटाउन निर्देशन दिएको जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस