aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सीमा स्तम्भ सार्न आउने भारतीयहरु नाकामै सामातिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ मंसिर २०७६
सीमा स्तम्भ सार्न आउने भारतीयहरु नाकामै सामातिने

बारा । नेपाल भारत सीमानजिक रहेको सन्तगञ्जमा बाराको सुर्वण गाउँपालिकाले सिसिटिभी क्यामरा जडान गरेको छ । सुवर्ण गाउँपालिका–३ स्थित सन्तगञ्जमा सिसिटिभी क्यामरा सञ्चालन गर्नुका साथै सहायता कक्ष पनि स्थापना गरिएको हो । 

बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेलालाई दृष्टिगत गर्दै सो सहायता कक्ष राखिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । सीमा क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्न स्थानीय प्रहरीको साझेदारीमा गाउँपालिकाले गरेको कामले यस क्षेत्रको आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस