aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात गर्ने स्टील र आल्मुनियममा कर वृद्धि गर्ने

  • एएफपी
    एएफपी
  • मंगलबार, १७ मंसिर २०७६
अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात गर्ने स्टील र आल्मुनियममा कर वृद्धि गर्ने

वासिङ्टन । एएफपी अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात हुने स्टील तथा आल्मुनियममा कर वृद्धि गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गरेको ट्वीट सन्देशमा ब्राजिल तथा अर्जेन्टिनाबाट आयात गर्ने स्टील, आल्मुनियमलगायतका सामानमा अमेरिकी प्रशासनले कर वृद्धि गर्न लागेको बताउनुभएको हो ।

सन्देशमा भनिएको छ, “ब्राजिल र अर्जेन्टिनामा व्यापक मुद्रा स्फीति भएको र अमेरिकी किसानले उनीहरूको सामान खरिद गर्दा यसको प्रभाव अमेरिकी अर्थतन्त्रमा परेको देखिएकोले त्यहाँबाट खरिद हुने स्टील, आल्मुनियमलगायतका सामानमा कर वृद्धि गर्न लागिएको हो ।” 

उहाँले थप्नुभयो, “निर्णयलाई बिलम्ब नगरिकन कार्यान्वयनमा ल्याइनेछ ।” अमेरिकी ट्रम्प प्रशासनले हरेक कुरामा ‘अमेरिका प्रथम’ भन्ने नीतिलाई अघि सार्दै यस अघि चीन, जापान, भारत,मेक्सिकोलगायतका देशबाट आयात गर्ने सामानहरूमा पनि कर वृद्धिको घोषणा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस