aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

जिम्बाब्वेमा चरम खडेरी, पानी पिउन नपाउँदा १०० हात्ती मरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ मंसिर २०८०
जिम्बाब्वेमा चरम खडेरी, पानी पिउन नपाउँदा १०० हात्ती मरे

एजेन्सी । जिम्बाब्वेमा खडेरीको कारण कम्तिमा १००हात्ती मरेका छन् । जिम्बाब्बे स्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तिमा १०० वटा हात्तीको मृत्यु भएको अन्तरराष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमबार जनाएको छ ।

पशु कल्याणको लागि अन्तरराष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्ति अनुसार  हाल सो खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो शुरु भएको छ । जसका कारण  झण्डै ४५ हजार हात्तीको बास स्थान रहेको जिम्बाब्वेको सबैभन्दा ठूलो संरक्षित क्षेत्र ह्वान्गे राष्ट्रिय निकुञ्जमा दर्जनौं हात्तीहरू मरेका छन् ।

पानीकै अभावका कारण कम्तिमा पनि १०० हात्तीहरूको मृत्यु भएको कोषले उल्लेख गरेको  छ । संस्थाको पार्कमा रहेका १०४ वटा सौर्य उर्जाबाट चल्ने बोरहोल चरम तापक्रमसँग मिलाउन अपर्याप्त रहेको बताइएको छ ।

खडेरीले गर्दा पानीका मुहान सुक्दै गएको र वन्यजन्तुलाई खाना र पानीको खोजीमा लामो दूरीसम्म हिँड्न बाध्य पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस