
काठमाडौं । नेको इन्सुरेन्सको ४ लाख १४ हजार ६२ कित्ता सेयर लिलामी भर्ने बुधबार (मंसिर १८ गते) भोली अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २ गतेबाट लिलामीमार्फत संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम २८५ रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
न्यूनतम १० हजार कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन गर्न सकिनेछ । आवेदकले बिक्री प्रबन्धक सनराइज क्यापिटलको नाममा रहेको सनराइज बैंकको कमलपोखरी शाखाको खाता नम्बर ०६९०४३०२३६७०१००१ मा आफूले आवेदन दिएको सक्कल नगद भौचर पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस