aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

हिलोमा कति हिँड्ने ? धुलो कती खाने ? निकाेशेराका स्थानीय आन्दोलित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ मंसिर २०७६
हिलोमा कति हिँड्ने ? धुलो कती खाने ? निकाेशेराका स्थानीय आन्दोलित

भक्तपुर । भक्तपुर थिमी नगरपालिका अन्तर्गत निकोसेरा पुरानो बाटो स्थानीयबासीले अबरोध गरेका छन् । वर्षा याममा पौडी खेल्न मिल्ने आहाल हिउँदमा उही आहालको पानी सुकेर भैसी अट्ने खाल्टो र धुलाम्य बाटो भएपछि उक्त स्थान वरपरका बासिन्द आन्दोलित भएका हुन् ।

भक्तपुर पेप्सीकोला पुरानोबाटो हुँदै भक्तपुर बसपार्कसम्म जाने पुरानो बाटोको नामले परिचित उक्त बाटोको करिव १ कि.मी. निकोशेरा खण्ड खाल्टो र धुलाम्य भएकोले मंगलबार बिहानैदेखि अबरोध पु¥याएको स्थानीयबासी भगवती श्रेष्ठले बताइन् । 

पुरानो रुट हुँदै चल्ने सवारी साधनहरुलाई सल्लाघारी दुवाकोट मोड र चार दोवाटो चोकबाटै डाइभर्सन गरि अन्यत्रै मोडिएको छ ।

प्रतिक्रिया दिनुहोस