aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चोरीका मोटरसाइकलसहित तीनजना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ बैशाख २०७६
चोरीका मोटरसाइकलसहित तीनजना पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक महाशाखा, रामशाहपथबाट खटिएको टोलीले हेलम्बु गाउँपालिका वडा नं ५ सुरुङ नजिकैबाट तीन वटा चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ ।

मोटरसाइकल चोरीमा समातिएका हेलम्बु– ५ का दीलकुमार तामाङ, हेलम्बु– ७ का नवराज तामाङ र हेलम्बु– ७ कै सिकारी भनिने अमित तामाङ छन् । इलाका प्रहरी कार्यालय हेलम्बु र इलाका प्रहरी कार्यालय मेलम्चीको सहयोगमा उनीहरुलाई पक्रन सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस