aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

विद्यालय नै नपुगी तलब लिन्छन् शिक्षक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ मंसिर २०७६
विद्यालय नै नपुगी तलब लिन्छन् शिक्षक

डाल्पा । डाल्पाका अधिकांश विद्यालयमा नयाँ स्थायी नियुक्ति बुझर पदस्थापा भएका शिक्षकले आफूले पढाउने विद्यालय नै नपुगी तलब बुझेका छन् । एक वर्षा पाहले शिक्षा सेवा आयोगको परीक्षामा उत्तीर्ण भई सिफारिस भएका ६७ मध्ये अधिकांश शिक्षकले आफू पदस्थापन भएको विद्यालय नै नपुगी तलबभत्ता बुझेका हुन्।

गत वर्ष कात्तिक २४ गते स्थायी नियुक्ति लिएका उनीहरू विद्यालय जान छाडेर घरतिर लागेको खुलेको छ। विद्यालय नपुगी तलब खानेहरूमा प्राथमिक तहका शिक्षक धेरै रहेका छन्। उपल्लो डोल्पाका विभिन्न विद्यालयमा पदस्थापन भएका १८ जना शिक्षकले कात्तिक २५ गतेदेखि लागू हुनेगरी २०७७ वैशाखसम्मको तलबभत्ता बुझेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाले जनाएको छ। अत्यधिक जाडोका कारण उत्तरी सीमा क्षेत्रमा रहेका तीन स्थानीय तहका सम्पूर्ण विद्यालय बन्द भएक छन् ।

ती विद्यालयमा पदस्थापन भएका शिक्षक सदरमुकाम दुनैमा रहेका गाउँपालिकाको सम्पर्क कार्यालय र शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा एकमुष्ट हाजिर गरेर घरतिर लागेको शिक्षा समन्वय एकाइ प्रमुख सिंहराज डाँगीले बताए। उपल्लो डोल्पामा रहेका डोल्पोबुद्ध, छार्काताङसोङ र सेफोक्सुन्डो गाउँपालिकाका विद्यालयमा कात्तिकको दोस्रो सातादेखि नै अत्यधिक चिसोले विद्यालय बन्द हुने गर्छ । जसकारण शिक्षकहरू विद्यालय नपुगेरै घर लागेका हुन् । यहाँका २३ वटा विद्यालयका शिक्षकले वर्षभरि ६ महिना मात्र पढाउने गर्छन्।

जिल्लाबाहिरका शिक्षक मात्र होइनन्, स्थानीय शिक्षकले पनि विद्यालय नगएरै तलबभत्ता बुझ्ने गरेका छन् । शिक्षक संघसंगठनमा आबद्ध शिक्षक राजनीतिक दबाबमा शिक्षा समन्वय एकाइलाई प्रभावमा पारेर भए पनि विद्यालय नगई घरमै बसेर तलबभत्ता बुझ्दै आएका छन् । यो समाचार आजको नागरिक दैनिकमा विष्णुप्रसाद देवकोटाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस