aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

आइएफआरसीको महासचिव पदमा पहिलो नेपाली चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ मंसिर २०७६
आइएफआरसीको महासचिव पदमा पहिलो नेपाली चयन

काठमाडौं ।  रेडक्रस तथा रेडक्रिसियन्ट सोसाइटी महासङ्घ (आइएफआरसी)को महासचिव पदमा जगन चापागाईं छानिएका छन । उनले १ फेब्रुअरी २०२० देखि आफ्नो चार वर्षको कार्यकाल शुरुआत गर्नेछन । 

विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील इन्जिनीयर चापागाई सो पदमा पुग्ने पहिलो नेपाली हुन । देशीय रेडक्रसको  विश्व छाता सङ्गठनलाई आइएफआरसी भनिन्छ । नेपाल रेडक्रस सोसाइटीसहित विश्वका १९० देशका रेडक्रस सोसाइटी सो महासङ्घमा आबद्ध रहेका छन् । 

आइएफआरसीको मङ्गलबार बसेको गभर्निङ बोर्डको विशेष बैठकबाट चापागाईं सो पदमा छानिनुभएको आइएफआरसीले जनाएको छ ।  यसअघि आइएफआरसीका एशिया प्यासिफिक क्षेत्रीय निर्देशकलगायत विभिन्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको थियो । 

आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काले चापागाई महासचिव पदमा छानिनुभएको बैठकमा जानकारी दिएका थिएयो । यसअघि सो पदमा इलाड सई कार्यरत थिए । विशेषगरी विसं २०७२ वैशाखमा नेपालका गएको भूकम्प, गत वर्ष तराई÷मधेशको डुबान प्रभावितलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहयोग जुटाउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस