
एजेन्सी । भारत सरकारले बिदेशमा जम्मा भएको कालो धन फिर्ता ल्याउने एक योजना बनाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । मोदी सरकारले 'एलिफेन्ट वण्ड'को माध्यमबाट बिदेशमा रहेको ५०० अर्व डलर फिर्ता हुने अनुमान गरिएको छ ।
भारतीय अर्थशास्त्री सुरजीत भल्लाले उच्च स्तरिय कमिटीलाई यो आइडिया दिइएको बताइन्छ । जस अनुसार बिदेशमा रहेको सम्पति जम्मा गरेका भारतीयलाई भारतमा लगानीको मौका दिने योजना बन्दैछ ।
यो एकप्रकारको आममाफीको योजनाको रुपमा अगाडी सारिएको हो । सरकारले के अपेक्षा गरेको छ भने कम्तिमा बिदेशमा पैसा जम्मा गर्ने मध्ये ४० प्रतिशतले यो वण्ड खरिद गर्ने छन् ।
त्यसो त यसबारे भारत सरकारले कुनै कार्यक्रम औपचारिक रुपमा घोषणा गरेको छैन तर त्यहाँका अर्थ राज्यमन्त्री अनुराग ठाकुरले लोकसभामा एक प्रश्नको जवाफ दिंदा यसबारे चर्चा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस