
एजेन्सी । आर्थिक मन्दीमा फसेको भारतमा नोभेम्बर महिनादेखि सुनको कारोबारमा उछाल आएको छ । गत नोभेम्बरमा मात्रै ७८ टन सुन आयात भएको समाचार एजेन्सी आईएएनएसले जनाएको छ । गत मे महिनामा १०६ टनसम्म आयात भएको सुन केहि महिनादेखि सुन बजारमा मन्दी छाएको थियो ।
इण्डियन बुलियन एण्ड ज्वेलर्स एसोसिएसनको तथ्यांकका अनुसार चालु आर्थिक वषको अप्रिलमा ९२ टन, मे १०६ टन, जुन ६० टन, जुलाई २९ टन, अगष्ट २७ टन, सेप्टेम्बर २७ टन, अक्टोबर ३१ टन र नोभेम्बर ७८ टन आयात भएको जनाएको छ ।
यसवर्ष जनवरीदेखि नोभेम्बरसम्ममा ६१८ टन सुन भारतमा आयात भएको छ । अघिल्लो वर्ष सोहि अवधिमा ६८४ टन सुन आयात भएको थियो ।
प्रतिक्रिया दिनुहोस