
एजेन्सी । भारतीय गाडी उत्पादकले एक पछि अर्को गाडीको मुल्य बढाएका छन् । गतहप्ता मात्र मारुती सुजुकीले सन् २०२० देखि मुल्य बढाउने घोषणा गरेको एक हप्ता नवित्दै टाटा मोटरले पनि मुल्य बढाउने घोषणा गरेको छ ।
कम्पनीका अधिकारी मयंक पारीकले भारतीय समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारीका अनुसार आउँदो जनवारीदेखि गाडीको मुल्य बढाउने योजना बनाएको उल्लेख छ ।
भारतमा आर्थिक मन्दीका कारण सबै कार कम्पनीको विक्रीमा भारी गिरावट आइरहेको छ । टाटा मोटरको नै नोभेम्बरमा महिनामा २५.३२ प्रतिशतले विक्रिमा कमी आएको छ । त्यस्तै भारतका अन्य कम्पनी टोयोटा, महिन्द्रा एण्ड महिन्द्रा र मर्सिडीज वेञ्जले समेत आउँदो जनवारीदेखि कारको मुल्य बढाउने तयारीमा रहेका छन् ।
नेपालमा आउँने अधिकांश गाडीहरु भारतबाट नै आउने भएकाले नेपालमा पनि मुल्य बढ्ने संकेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस