aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मोदी सरकारलाई फेरी अर्को झड्का, रिजर्व बैंकले घटायो जीडीपी वृद्धिदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ मंसिर २०७६
मोदी सरकारलाई फेरी अर्को झड्का, रिजर्व बैंकले घटायो जीडीपी वृद्धिदर

एजेन्सी । भारतीय रिजर्व बैंकले त्यहाँको मौद्रिक नीति समीक्षा गर्दै आर्थिक वर्ष २०१९/२० मा भारतको जीडीपी वृद्धिदर ६.१ बाट घटाएर  ५  प्रतिशत मात्र रहने अनुमान लगाएको छ । यसअघी रिजर्व बैंकले अक्टूबर महीनामा नीतिगत समीक्षा गर्दै चालु आर्थिक वर्षमा जीडीपी वृद्धिदर ६.१ प्रतिशत रहने बिश्वाश गरेको थियो । 

त्यसो त यसअघि नै केहि रेटिंग एजेन्सीहरुले भारतको जीडीपी ग्रोथ अनुमान घटाईसकेका थिए । अहिले आएर रिजर्व बैंकले नै भारतमा देखिएको आर्थिक मन्दीको जोखिम केहि सन्तुलनमा आएपनि जीडीपी ग्रोथ दर भने घट्ने नै अनुमान गरेको हो । स्मरणीय यो छ कि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा भारतको जीडीपी ग्रोथ ६ वर्ष कै सबैभन्दा तल ४.५  प्रतिशतमा झरेको थियो । 

मंगलबार देखि चलेर बिहिबार सकिएको रिजर्ब बैंकको मौद्रिक नीति समिक्षा बैठकले नीतिगत कुनै परिवर्तन भने नगरेको भारतीय संचारमध्यम हरुले जनाएका छन् ।  त्यहाँ आर्थिक गतिविधिमा कमि आएको र उत्पादनको मात्रा घटेको निष्कर्ष बैठकले निकालेको थियो । 


 

प्रतिक्रिया दिनुहोस