aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

राहदानी सेवा प्रभावकारी बनाउने प्रयास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० मंसिर २०७६
राहदानी सेवा प्रभावकारी बनाउने प्रयास

काठमाडौं । बिहीबार बिहान ९ः३० बजे राहदानी विभाग परिसरमा राहदानी बनाउनेको लर्को बढ्दै थियो । केही फोटोकपी गर्न दगुरादगुरमा थिए । केही अनलाइन फाराम कता भर्ने भनेर सोधखोज गर्दै थिए । कर्मचारी कार्यालय प्रवेश गर्ने समय रहेकाले भित्री आवतजावत तीव्र थियो ।

आइतबार र सोमबार प्रतिदिन झन्डै एक हजार दुई सय जना र अन्य दिन पाँचदेखि सात सय जनाको हाराहारीमा दैनिक सीधै सेवाग्राही विभाग पुग्छन् । जिल्लाबाट आउने फारामसमेत गरी हरेक दिन करिब तीन हजारले सेवा लिन्छन् ।

यति ठूलो सेवा दिने ‘आईएसओ’ प्रमाणपत्र पाएको विभागको गेटमै फुटेको ढल देखियो । कार्यकक्षभित्र कतिपय राम्रो काम भइरहे पनि त्यसको झल्को बाहिरको वातावरणले महसुस गराएन ।

सेवाग्राही कुर्ने कुर्सीका लर्कोपट्टि फुटेको ढलमा घाम परेसँगै दुर्गन्ध फैलँदै थियो । “पहिले आउँदा पनि यो यस्तै थियो, अहिले पनि यस्तै ढल फुटेर फोहोर नै रहेछ,” एक सेवाग्राहीले थपे, “हेर्नुस् न यो डस्टबिन कस्तो फोहोर” परिसर छिर्नासाथ दायाँतिर शौचालय छ ।

शौचालयबाट गेटतिर बगेर आउँदै गरेका तरल शौचका दुर्गन्धले हरेकका नाक खि¥याउँदै थियो । बाहिर जे भए पनि विभागले दिने आन्तरिक सेवामा भने निकै चुस्तता बढेको छ ।  

राहदानी बनेको खबर पाएपछि लिन आएका सेवाग्राहीदेखि तत्काल बनाउन आएकाको चहलपहल बढ्दो थियो । पहिले पहिले बिचौलिया र बाहिरका व्यापारीको क्रीडास्थल बन्ने गरेको विभागको त्यो पाटो सुधारिएको सेवाग्राहीकै टिप्पणी थियो। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस