काठमाडाैं । सरकारले वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा कडाइ गरिरहेका बेला मानव बेचविखनमा समेत वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता सक्रिय रहेको देखिएको छ ।
मानव बेचिविखनका एक तिहाई घटना वैदेशिक रोजगार र परामर्शसँग सम्बन्धित रहेको पाइएको छ । लैगिंक विश्लेषणमा ४ सय ८६ जना प्रभावितमध्ये ८६ प्रतिशत महिला र १४ प्रतिशत पुरुष समेटिएका थिए ।
बेचविखन कर्ता वा दलालहरूमा सबैभन्दा धेरै ३३ प्रतिशत एजेन्ट र म्यानपावर व्यावसायी र परामर्शदाता रहेको अध्ययनले देखाएको छ । १८१ वटा प्रभावितको उमेर उल्लेख गरिएकोमा १७ वर्ष उमेर समूहसम्म किशोरीको समूहका ५० प्रतिशत थिए । याे समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस