aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतमा डाक्टरको बलात्कार र हत्याका चारै आरोपी मारिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० मंसिर २०७६
भारतमा डाक्टरको बलात्कार र हत्याका चारै आरोपी मारिए

भारतको हैदराबादमा भएको बहुचर्चित बलात्कार काण्डमा पक्राउ परेका चारैजना अभियुक्त पुलिसको इन्काउन्टरमा मारिएका छन् । यो घटना  हैदराबाद भन्सेदा ५० किलोमिटर पर महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो ।

एक पशु डाक्टरको बलात्कार र हत्यामा संलग्न चार आरोपीहरुलाई त्यही अन्डरब्रिजमा पुर्याएको थियो जहाँ उनीहरुले डाक्टरलाई पेट्रोल हालेर जलाएका थिए । यहाँ पुगेपछी सोधखोज गर्नेक्रममा उनीहरु भाग्न खोजेपछी गोलि चलाउनु परेको भारतीय प्रहरीले जानेको त्यहाँका संचार माध्यमहरुले जनाएका छन् ।

भारतीय संचार माध्यम भास्करका अनुसार त्यहाँ उनीहरुलाई त्यस दिन घटना कसरी गराइएको थियो भनेर सोधपुछ गरिएको थियो । त्यही क्रममा उनीहरु भाग्न थाले । त्यसपछि पुलिसले गोली चलाउनु पर्यो जसका कारण चारैजनाको मृत्यु भएको छ ।

२७ नोभेम्बरको दिन स्कूटरको टायर पंक्चर भएपछि टोल प्लासा नजिकै मद्दतको प्रतिक्षा गरिरहेकी २७ वर्षे पशुचिकित्सकको बलात्कारपछि हत्या गरिएको थियो । उनको जलेको शव घटनाको भोलिपल्ट बिहान फेलापरेको थियो । 

पक्राउ हुनेमा मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु थिए । आरिफको उमेर २६ वर्ष थियो भने अन्य आरोपी २० वर्षका थिए । यी सबै ट्रक चालक र सरसफाइकर्मी थिए । उनीहरुले रक्सी पिएपछि सात घण्टासम्म डाक्टरमाथि बलात्कार गरेको बताइन्छ । त्यसपछि पीडितलाई शादनगरको बाहिर इलाकामा जलाइएको थियो । चारैजना आरोपीलाई अस्पतालले १४ दिनका लागि  पठाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस