
एजेन्सी । आयूर्वेद शब्द संस्कृतबाट उत्पति भएको हो । संस्कृत जतिकै पुरानो आयूर्वेदको इतिहास पनि छ । तर, विभिन्न समयमा यसको नाम नै गुमनाम हुँदै पनि आएको छ । केहि समय मुगल साशनमा यनानीको प्रयोग बढ्यो भने विश्वमा नै अग्रेजहरुको दवदवा हुँदा एलोपेथिकको प्रभाव थियो । आयूर्वेद चिकित्सा विधि सबैभन्दा पुरानो विधि हो त्यसैले विश्वभरी नै अहिले आयूर्वेदको प्रयोग बढ्न थालेको छ ।
भारतमा पछिल्लो पटक आयूर्वेदिक औषधि विधिलाई प्रवद्र्धन गरिहेको पतञ्जली हो पतञ्जलीले आज विश्वभरी आयूर्वेदलाई पुन जिवन दिइरहेको छ । पतञ्जलीमा पनि नेपाली बालकृष्ण आचार्य यसका जन्मदाताका रुपमा देखिएका छन् । भारतको कोलकत्तामा आयोजना भएको एक कार्याक्रममा सम्पूर्ण रोगका निदान आयूर्वेदबाट सम्भाव हुने उनले बताए ।
पतंञ्जली आयूर्वेद अस्पतालमा आज दैनिक पचास हजार मानिसले दैनिक उपचार गराइहेका छन् । भारतभर पतंञ्जलीका पन्ध्र सय अस्पताल सञ्चालनमा रहेका छन् । विश्वका ८०भन्दा बढी देशबाट भारतका आयूर्वेद अस्पतालमा उपचार गर्न आउने गरेका छन् ।
बालकृष्ण आचार्य भन्छन्, ‘आयूर्वेदका विषयमा अध्ययन अनुसन्धान जरुरी छ विश्वभरी नै यसको अध्ययन अनुसन्धान गरिएमा आयूर्वेदले अझ नयाँ जीवन पाउने छ ।’विश्वभरीमा ३.६० लाख प्रजातिका हर्वलहरु पाइने उनको दावी छ । अब पतंञ्जलीले विश्वभरी रहेका यी हर्वलहरुको अध्ययन गर्न शुरु गरेको छ । विश्वमा करिब ६२ हजार हर्वल औषधिजन्य बनस्पति रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस