काठमाडौं । सर्वाेच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सबै प्रक्रिया रोक्न शुक्रबार अन्तरिम आदेश दिएको छ। सर्वाेच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले निजगढ विमानस्थल निर्माणका कुनै प्रक्रिया अगाडि नबढाउन आदेश दिएको हो।
सर्वाेच्चले दुवै पक्षसँग छलफल गरेर अर्काे आदेश दिने र उक्त समयसम्मका लागि कुनै कार्य अगाडि नबढाउन अन्तरिम आदेश दिएको छ। सर्वाेच्चको आदेशसँगै २४ वर्षदेखि निर्माणको चर्चा पाएको निजगढ विमानस्थल निर्माणमा अर्काे धक्का लागेको छ। यो समाचार आजको नायाँ पत्रिकामा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस