
काठमाडौं महानगरपालिकाको धुलो सफा गर्न ब्रुमर ल्याएको लगभग २ महिना हुन लाग्यो । उक्त ब्रुमर बिग्रेर बनाउन हालसम्म ३५ सय युरो लागिसकेको छ । बु्रमर मैत्री रोड नहुँदा महिना महिनामा बु्रमरको कुच्चो फेर्नु पर्ने हुन्छ । सेन्टरको कुच्चो फेर्दा एउटा बरावर ३ सय ३० युरो र दायाँ बायाँ फेर्दा २ सय युरो लाग्ने महानगरले जनाएको छ । हालसम्म सबै बु्रमर बिग्रिएर पाटपुर्जा फेरिसकेको छ ।
ब्रुमरले १ घण्टामा साढे ८ लिटर इन्धन खपत गर्ने गर्दछ । यो यन्त्रीक कुच्चो भएकाले पानी पर्दा नचल्ने र घाम लाग्दा मात्र चल्ने गरेको छ । दैनिक ८ घण्टा सञ्चालन हुने बु्रमरले प्रत्येक रात ८ देखि १० टन धुलो सुफा गर्ने गरेको महानगरको दाबी छ । तर सर्वसाधारण भन्छन् ‘धुलो अलिकति पनि कम भएको छैन, कहाँ सफा गर्छ बु्रमरले थाहा हुदैन, बेलुका जाँदा र बिहान आउँदा उस्तै धुलो उडेको देखिन्छ ।’
काठमाडौंका सबै सडक ब्यवस्थित (फराकिलो र पीच) बनाएर मात्र ब्रुमर ल्याउँदा ढिलो हुने भएकोले छिट्टै ल्याउदा ब्रमरमा विभिन्न समस्या आइरहेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘अझै बु्रमर ल्याउन ढिलो भएको छ यो भन्दा अगाडि नै ल्याउनु पर्थ्यो’ । उनले थपे ।
बु्रमरको पुरा नजिता ६ महिना नभई नआउने प्रवक्ताको भनाई छ । अहिले सम्म निरन्तर रुपमा ५ वटै व्रुमर नचलेका कारण यति घण्टा सञ्चालन भयो भनेर भन्न नसक्ने अवस्था रहेको प्रबक्ताले बताए ।
अब सबै रोड ब्रुमरमैत्री बनाउनु पर्ने महानगरको तर्क छ । अहिले सञ्चालन भएको बु्रमरको लागि ५ जना कम्पनि, ५ जना सुरक्षा निकाय, १० जना मनिटरिङ र ५ जना अरु काममा गरि २५ जना कर्मचारी निरन्तर रुपमा कार्यरत हुनु पर्ने छ ।
महानगरले ४ वटा बु्रमर थप्दै
महानगरपालिकाको धुलो ५ वटा बु्रमरले सफा गर्न नसकेपछि अब थप ४ वटा बु्रमर ल्याउन लागेको महानगरले जानकारी दिएको छ ।
थप ल्याउन लागिएको ब्रुमर २ वटा चीनले सहयोग गर्ने र २ वटा महानगरको लगानीमा ल्याउन लागेको प्रवक्ताले बताए । चीनले उक्त बु्रमर मे महिनामा नेपाललाई हस्तान्तरण गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस