aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अमेरिकी व्यापार घाटा घट्यो, अक्टोबरमा घाटा प्रतिशत ७.६ कायम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ मंसिर २०७६
अमेरिकी व्यापार घाटा घट्यो, अक्टोबरमा घाटा प्रतिशत ७.६ कायम

वासिङ्टन ।  अमेरिकाको ब्यापार घाटा अक्टोबरमा अनपेक्षितरूपमा घटेको सरकारी तथ्याङ्कले देखाएको छ ।अमेरिकीहरूले यो बर्ष विदेशी कार तथा अन्य सवारी साधन खरिदमा गरेको नियन्त्रण र खेलौना तथा मोबाइल आयातमा अर्बौ अमेरिकी डलर कम खर्चिएका अमेरिकी बाणिज्य विभागद्वारा बिहीबार जारी तथ्याङ्कले देखाएको छ ।

अमेरिकाका समग्र ब्यापार घाटा ७।६ प्रतिशतमा झर्दा अझै ४७ अर्ब दुई करोड अमेरिकी डलर घाटा देखिएको छ । यो अमेरिकी अर्थशास्त्रीहरूले अपेक्षा गरेकोभन्दा निकै कम हो । 

यससँगै अमेरिकी ब्यापार घाटा सन् २०१८ को मे महिनापछि पहिलो पटक सबैभन्दा कम देखिएको छ ।अमेरिकी निर्यातमा पनि अक्टोबरमा दुई खर्ब सात अर्ब एक करोड अमेरिकी डलर कमी आएको छ । यद्यपि आयात दर निकै कम भएकोले ब्यापार घाटामा कमी देखिएको हो ।

 अमेरिकामा गत अप्रिलपछि १।७ प्रतिशतले कमी आएको र यसबाट आयात खर्च अक्टोबरमा दुई खर्ब ५४ अर्ब तीन करोड अमेरिकी डलर कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस