aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नउठ्ने भो काठमाडौंको फोहोर, कति फैलिने हो दुर्गन्ध?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ मंसिर २०७६
नउठ्ने भो काठमाडौंको फोहोर, कति फैलिने हो दुर्गन्ध?

काठमाडौं । लगानी बोर्डले उपत्यकाको फोहोर व्यवस्थापनबाट २ वर्षपछि हात झिकेको छ। लगानी बोर्डले निजी कम्पनी नेपवेस्टसँग परियोजना विकासको प्रारम्भिक सम्झौता गरेको करिब २ वर्षपछि हात झिकेको हो। गत साउन सम्झौता गरेको बोर्डले पाँच दिनअघि अबका बाँकी सम्पूर्ण प्रक्रिया काठमाडौं महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने जनाउँदै फाइल फिर्ता पठाएको हो।

बोर्डले नयाँ कानुनअनुसार फोहोर व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहको भएकाले बाँकी प्रक्रिया उतैबाट अघि बढाउने गरी फाइल फर्काएपछि उपत्यकाको फोहोर व्यवस्थापन थप जटिल बनेको छ।

काठमाडौं महानगरपालिकाले भने बोर्डले गरिरहेको काम अकस्मात् रोक्नु नाजायज भएको आरोप लगाएको छ। मेयर विद्यासुन्दर शाक्यले बोर्डले हात झिक्नु गलत भएको आरोप लगाउँदै भने, ‘अब अघि बढ्ने विषयबारे निर्णय लिन बाँकी छ।’ यो समाचार आजको नेपाल समाचापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस