aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मालबाहक कन्टेनरको भाडा विवाद चुलियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ मंसिर २०७६
मालबाहक कन्टेनरको भाडा विवाद चुलियो

सिन्धुपाल्चोक । हाल सिन्धुपाल्चोक जिल्लाभित्रका ट्रक तथा कन्टेनरहरुलाई  मात्र सामान ढुवानी गर्न दिएको खसा–काठमाडौं चल्ने मालवाहक कन्टेनरहरूको भाडा निर्धारणको विषयलाई लिएर व्यवसायीहरूबीच नै विवाद उत्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विष्णु खत्रीको पहलमा खासाबाट काठमाडौंसम्म सामान ल्याउँदा प्रतिकन्टेनर ४५ हजार भाडा निर्धारण गरिएको छ ।

गत कात्तिक १० देखि सो दर निर्धारण गर्नु अघि करिब तीन लाख रुपैयाँसम्म पर्ने गथ्र्यो । सो निर्णयले आफूहरूमाथि ठूलो अन्याय भएकाले त्यसलाई नसच्याइन आफूहरूले सामान ढुवानी नगर्ने चेतावनी नेपाल ट्रक तथा कन्टेनर व्यवसयाी संघले दिएको छ ।

खत्रीलगायतका व्यक्तिहरूले दादागिरी गरेर ट्रक तथा कन्टेनरको भाडा निर्धारण गरेको बताउँदै त्यसलाई नसच्याए आन्दोलन गर्ने चेतावनी संघका अध्यक्ष साङ दोर्जे शेर्पाले दिएका छन् । 

उनीहरूले निर्धारण गरेको भाडा लिदएर काम गर्नु भनेको सीधै घाटा खानु हो, त्यसैले हामी त्यो भाडादर मान्दनौं, शेर्पाले भने । ट्रक तथा कन्टेनरको एक महिनामा बल्ल पालो आउने भएकाले अन्यत्रभन्दा भाडादर केही बढी भागा हुनु स्वाभाविक भएको उनले बताए । 

शेर्पाले ट्रक तथा कन्टेनरको एक महिनामा बल्ल पालो आउने भनिएपनि हाल जिल्ला भित्रका मात्रै ट्रक तथा कन्टेनरलाई सामान ढुवानी गर्न दिएकोले २ देखि ३ दिन भित्रै पालो ट्रक तथा कन्टेनरले सामान ढुवानी गर्ने पालो पाइरहेको छ ।

यता, हिमालय सीमापार व्यापार संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ ट्रक तथा कन्टेनर व्यवसायीहरूले वास्तविकभन्दा निकै बढी मूल्य लिएर आफूहरूको शोषण गरिरहेको बताउँछन् । 

वीरगन्जदेखि काठमाडौंसम्मको २ सय किलोमिटरको कन्टेनरको भाडा १५ हजार मात्र छ, जब कि खासा काठमाडौंको ११५ किलोमिटर दूरीको भाडा अहिले पनि ४५ हजार कायम गरिएको छ । त्यसले भाडा थोरै भयो भन्ने त कुरै हुँदैन, उनले भने ।  

प्रतिक्रिया दिनुहोस