aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सहकारी संस्थाको भवनमा बम पड्काउने विप्लवका इञ्चार्ज पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ मंसिर २०७६
सहकारी संस्थाको भवनमा बम पड्काउने विप्लवका इञ्चार्ज पक्राउ

काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव समूहको झापा मेचीनगर नगरपालिका इञ्चार्ज तथा झापा जिल्ला सदस्य यामकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ। गिरी झापा शिवसताक्षी नगरपालिका-४ पाँचगाछीका हुन्।  

झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन भवनमा बम बिस्फोट गराएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। गत भदौ २३ गते उक्त सहकारीको निर्माणाधीन भवनमा बिस्फोट भएको थियो।

बिस्फोट गराउने समूहको खोजी क्रममा गिरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। शुक्रबार साँझ तीनकुनेबाट नियन्त्रणमा लिइएका गिरीमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस