aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

चीनसँग ३० खर्ब ९५ अर्ब अमेरिकी डलर विदेशी मुद्रा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ मंसिर २०७६
चीनसँग ३० खर्ब ९५ अर्ब अमेरिकी डलर विदेशी मुद्रा

बेइजिङ । चीनको विदेशी मुद्रा सञ्चिति नोभेम्बर महिनाको अन्त्यसम्ममा ३० खर्ब ९५ अर्ब अमेरिकी डलर पुगेको छ । शनिबार सार्वजनिक गरिएको सरकारी तथ्यांकमा यसै वर्षको जनवरीदेखि यस्तो सञ्चितिमा २२ अर्ब ९० करोड डलरले वृद्धि भएको (०.७ प्रतिशत बढोत्तरीं) हो ।
 
चिनियाँ विदेशी मुद्रा व्यवस्थापन विभाग (सेफ) का प्रवक्ता वाङ चुनयिङले विदेशी मुद्रा भण्डारमा विनिमय दर र सम्पत्ति मूल्यमा हुने परिवर्तन समेतका कारणबाट प्रभावित हुने गरेको बताए । विश्वको आर्थिक वृद्धि, मौद्रिक नीतिका प्रक्षेपण र विश्व व्यापार समेतका कारणले अमेरिकी डलरको सूचकांकमा वृद्धि भएको उनले बताए । 
 
चीनको अर्थतन्त्रले समग्रमा स्थिरता कायम राखेको छ । आर्थिक वृद्धि पनि स्थिर नै रहेको जानकारी दिँदै वाङले अन्तर्राष्ट्रिय भुक्तानी सन्तुलित रहेको तथा परिवत्र्य मुद्राको भण्डारण पनि अपेक्षित स्तरमा रहेको बताए । चीनले ल्याएको आर्थिक खुलापन र सुधारका कार्यहरुले नै चिनियाँ अर्थव्यवस्थालाई सन्तुलित र भरोसायोग्य बनाएको उनको प्रतिक्रिया छ ।
 

प्रतिक्रिया दिनुहोस