
बाँके। बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ।
कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा आइतबार बिहान ट्रकले एक स्कुले बालिकालाई ठक्कर दिएको थियो। स्थानीयले उक्त ट्रकमा आगो लगाइदिएका थिए।
झडपमा परि ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित थप ७ जना प्रहरी पनि घाइते भएका छन् । घाईते हुने प्रहरीहरुमा अमर खड्का, रविन्द्र शर्मा,होमबहादुर खत्री, रष्मी पुन मगर, लक्ष्मीप्रशाद आचार्य, खुमबहादुर विष्ट र धनबहादुर विक रहेका छन् । उनीहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेहरुलाई काठमाडौ लैजाने तयारी भैरहेको छ ।
सो घटनामा अरु ३ जना घाइते भएका छन् । प्रहरीले रवरको गोली चलाएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले स्वीकार गरेका छन् । कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले आइतबार बिहान स्थानीय हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस