
नेपालगन्ज । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । तीन बजेबाट अपरान्ह् ५ बजेसम्मका लागि बजार क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ ।
कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा आइतबार बिहान ट्रकले एक स्कुले बालिकालाई ठक्कर दिएको थियो। स्थानीयले उक्त ट्रकमा आगो लगाइदिए पश्चात स्थिती नियन्त्रण बाहिर गएकाे हाे ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको बताए ।
आज बिहान ट्रकको ठक्करबाट स्कुले छात्रा प्रगति चन्द गम्भीर घाइते भएपछि स्थिति तनाबग्रस्त बनेको थियो । कक्षा ७ मा अध्ययनरत प्रगतिलाई ट्रकले ठक्कर दिएपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु ट्रकमा आगो लगाउनुका साथै दर्जन बढी सवारी साधन तोडफोड गरेका छन् ।
प्रहरी र विद्यार्थीबीचको झडपमा कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । झडपमा केही विद्यार्थीहरु समेत घाइते भएका छन् ।
घाईतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । आज बिहान ना२ख ९४५९ नम्बरको ट्रकले भे ६प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा कोहलपुर–१० की प्रगति चन्द घाइते भएकी थिइन् ।
त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रगतिको दुवै खुट्टा काटिएको छ भने गम्भीर अवस्थामा कोहलपुर मेडिकल कलेजमा उपचारमा भइरहेको छ ।
उनी स्कुटर पछाडी बसेकी थिइन् । आक्रोशित विद्यार्थीहरुले बिहानैदेखि कोहलपुर–नेपालगञ्ज सडकखण्ड ठप्प पारेका छन् । कोहलपुर प्रहरी चौकी घेरा हाल्नुको साथै परिसरमा रहेको एउटा क्यान्टिनमा आगजनी समेत गरिएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अँश्रु ग्याँस प्रहार गरेको छ भने दर्जन बढी विद्यार्थी नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस