aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

रोजगारिका लागि नोपाल आउने विदेशी कामदार बढ्दै

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • सोमबार, २३ मंसिर २०७६
रोजगारिका लागि नोपाल आउने विदेशी कामदार बढ्दै

काठमाडाैं ।  नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ ।

श्रम ऐनमा ५ प्रतिशतमात्र विदेशी कामदार राख्नसकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो। गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या १४ प्रतिशतका दरले बढेर १ हजार ४८३ पुगेको छ । अघिल्लो वर्षको तथ्यांकअनुसार वैशाखदेखि असोजसम्म नेपाल आउने विदेशी कामदारको संख्या भने १ हजार ३०५ रहेको थियो ।

गत वर्षको तुलनामा यो वर्ष १७८ जना बढी विदेशीले नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । गत वर्षको ६ महिनाको तुलनामा विदेशीले लिने श्रम स्वीकृति नवीकरणसमेत ८ कम प्रतिशतले वृद्धि भएर ५९० पुगेको छ। यो संख्या गत वर्ष ५४५ रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ। नेपालमा विगत केही वर्षयता ठूला परियोजना र अन्य विकास निर्माणका काम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको माग बढेको हो ।

आर्थिक वर्ष २०७४/७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६४३ रहेकोमा गत आर्थिक वर्षमा २ हजारको हाराहारीमा पुगेको छ । यसमध्ये पनि अघिल्लो आवमा १ हजार ३५ नयाँ आवेदकलाई श्रम स्वीकृति दिएको थियो भने ५८८ जना पुरानाको श्रम स्वीकृति नवीकरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस