aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

तीन बालिकामाथि यौन शोषण गरेको अभियोगमा अमेरिकी नागरिक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ मंसिर २०७६
तीन बालिकामाथि यौन शोषण गरेको अभियोगमा अमेरिकी नागरिक पक्राउ

काठमाडौं । तीन बालिकालाइ यौन शोषण गरेको अभियोगमा एक अमेरिकी नागरिक पक्राउ परेको छ ।

पक्राउ पर्नेमा ४० वर्षीय अमेरिकी नागरिक जेसन लोयड मुडी रहेका छन् । उनलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको हो ।

उनले बालिकालाई आर्थिक प्रलोभन देखाउँदै एयरपोर्ट्स्थित मेमोरियल गेस्ट हाउसको कोठा नम्बर १०४ मा लगेर यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । 

उनीमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको बताउँदै प्रहरीले आरोपी बालयौन दूराचारमा समेत संलग्न रहेकाले खुल्न आएको बताएको छ । 

प्रहरीले उनीबाट अन्य कोही पीडित भएको जानकारी भएमा उजुरी दिन समेत आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस