aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नेपाल र श्रीलंकाबीच द्विपक्षीय व्यापार लगानीमा जोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ मंसिर २०७६
नेपाल र श्रीलंकाबीच द्विपक्षीय व्यापार लगानीमा जोड

काठमाडौं । नेपालका लागि श्रीलंका राजदूत हिमानी अरुणातिलका र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच मंगलबार भेटवाता भएको छ ।
त्यसक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले आगामी फेब्रुअरीमा हुने नेपाल चेम्बर एक्स्पो २०२०मा श्रीलंकाबाट समेत सहभागिताका लागि अनुरोध गरेका छन् । अध्यक्ष श्रेष्ठले श्रीलंकामा हुने औद्योगिक÷व्यापारिक मेलामा नेपाली व्यवसायीको सहभागिताका लागि समेत प्रतिबद्धता व्यक्त गरे । 
उनले नेपाल भ्रमण वर्ष २०२० मा समेत श्रीलंकाबाट अपेक्षित पर्यटक नेपाल भित्र्याउन सफल हुने अपेक्षासमेत राखे । नेपालको श्रीलंकन एयरलाईन्ससंग भएको सम्झौताले समेत दुई मुलुकबीच पर्यटन प्रवद्र्घन गर्न उल्लेख्य भूमिका खेल्ने र एयरलाइन्सबाट ढुवानी लागतमा सहुलियतपूर्ण दर दिनुपर्ने बताए । 

कार्यक्रममा राजदूत हिमानी अरुणातिलकाले दुई मुलुकबीच संयुक्त आर्थिक आयोग गठन भएता पनि यसले मूर्त रुप लिन नसकेको तर पर्यटन, व्यापार, लगानी, हवाई सम्पर्क आदि विषय वस्तुमा गहन छलफल गरी आफ्नो कार्यकालमा यस आयोगको सक्रियता बढाउने कुरा बताए । 
वस्तु व्यापारका साथै सेवा व्यापारमा समेत जोड दिँदै उनले प्रविधि बैंकिङ, पर्यटन, सूचना प्रविधि आदिमा समेत द्विपक्षीय व्यापार लगानी प्रवद्र्धनमा जोड दिन आफ्नो कार्यकालमा आफू प्रयत्नशील रहने बताए । 

प्रतिक्रिया दिनुहोस