
काठमाडौं । लोकसेवा आयोगले १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ का लागि बुधबार विज्ञापन आह्वान गरेको हो ।
आयोगका अनुसार सबैभन्दा बढी सामान्य प्रशासन सेवातर्फ ५६० पदका लागि विज्ञापन आह्वान गरिएको छ । त्यस्तै, लेखातर्फ ३० राजस्व सेवाअन्र्तगत ६९, लेखा परीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४ न्याय सेवातर्फ ३६३ र व्यवस्थापिका संसद्तर्फ २८ पदमा विज्ञापन खुला गरिएको छ ।
सबैभन्दा बढी संख्यामा माग भएको प्रशासन सेवाकोे सामान्य प्रशासनतर्फ ५६० माग भई आएकोमा १६८ बढुवाका लािग छुट्याइएको छ । बाँकी २१६ खुला, ५८ महिला, ४८ आदिवासी जनजाति, १५ दलित, ३९ मधेसी, ९ अपांग र ७ पिछडिएको क्षेत्रका लागि छुट्याइएको छ ।
राजस्वतर्फ ६९ माग भएकोमा २० बढुवाका लागि २७ खुला, ८ महिला, ५ आदिवासी जनजाति, ५ मधेसी, २ दलित १ अपांग र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ ।
लेखातर्फ ३० जना माग भएकोमा ९ बढुवाका लागि १२ खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी, १ दलित १ र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ ।
लेखा परीक्षणतर्फ ४२ माग भएकोमा १३ बढुवाका लागि १६ खुला, ४ महिला, ४ आदिवासी जनजाति, ३ मधेसी, १ दलित र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ ।
परराष्ट्रमा ४ माग भएकोमा १ बढुवाका लागि २ खुला र १ महिलाका लागि विज्ञापन खुलाइएको छ ।
न्यायतर्फ २९० माग भएकोमा ८५ बढुवाका लागि १०९ खुला, २९ महिला, २४ आदिवासी जनजाति, २४ मधेसी, १० दलित ५ अपांग र ४ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ ।
कानुनतर्फ ४९ माग भएकोमा १५ बढुवाका लागि १९ खुला, ५ महिला, ४ आदिवासी जनजाति, ४ मधेसी, १ दलित र १ अपांगका लागि छुट्याइएको छ ।
सरकारी वकिलतर्फ २४ माग भई आएकोमा ८ बढुवाका लागि ८ खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ ।
त्यस्तै, व्यवस्थापिका संसद्तर्फ २८ माग भएकोमा ६ बढुवा ३ आन्तरिक प्रतियोगिता १० खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी, १ दलित र १ अपांगका लागि छुट्याइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त शाखा अधिकृत पदमा पदपूर्तिका लागि लोकसेवा आयोगमा माग पठाएसँगै आयोगले नियमित कार्यतालिकाअनुसार विज्ञापन आह्वान गरेको हो ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदी मन्त्रालयबाट माग भएको संख्याको आधारमा आयोगले विज्ञापन आह्वान गरेको बताउँछन् ।
कुल विज्ञापन आह्वान –१०९६
सामान्य प्रशासन –५६०
राजस्व–६९
लेखा–३०
लेखापरीक्षण–४२
परराष्ट्र–४
न्याय–२९०
कानुन–४९
सरकारी वकिल–२४
व्यवस्थापिका संसद्–२८
प्रतिक्रिया दिनुहोस