aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

विद्यार्थीका लागि सुवर्ण अवसर ! टेष्टमा उत्कृष्ठ भए नगद पुरस्कार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ बैशाख २०७६
विद्यार्थीका लागि सुवर्ण अवसर ! टेष्टमा उत्कृष्ठ भए नगद पुरस्कार

काठमाडौं । एसइई र +२ परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि एप्ट इन्टरनेसनल एजुकेसनल कन्सल्ट्यान्सीलेले विदेश पढ्न जाने विद्यार्थीहरुको लागि पुरस्कार सहितको टेस्ट परिक्षा आयोजना गर्ने भएको छ ।  

परिक्षा दिने विद्यार्थीले जेठ १८ गते ललितपुरको सेन्टम्यारिज स्कुलमा, २० गते हेटौडा, २२ गते बिरगञ्ज, २४ गते रौतहटको चन्द्रनिगाहपुर, २६ गते हेटौडा, २७ गते चितवन र २८ गते नवलपरासको कावासोतीमा विद्यार्थीहरुको क्षमताको परिक्षा सञ्चालन हुने हुदा आफुलाई अनुकुल ठाउँबाट परिक्षा दिन सक्ने छन् । 

उक्त टेष्टमा उत्कृष्ठ हुने विद्यार्थीको लागि पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । परिक्षामा प्रथम हुनेलाई १० हजार, द्धितिय हुनेलाई ५ हजार र तृतिय हुनेलाई २ हजार रुपैयाँ र अन्यलाई जनही एक हजार रुपैयाँ दिने व्यवस्था समेत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस