aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चेम्बर अध्यक्ष मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद सदस्यमा नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ असोज २०८०
चेम्बर अध्यक्ष मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद सदस्यमा नियुक्त

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद सदस्य पदमा नियुक्त भएका छन । विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय विद्या परिषदको सदस्यमा अध्यक्ष मल्ललाई नियुक्त गरेको हो । 

नेपाल खुला विश्वविद्यालय शैक्षिक प्रशासन सम्वन्धि ऐन २०७४ बमोजिम अध्यक्ष मल्ललाई नियुक्त गरिएको विश्वविद्यालयले उल्लेख छ । विद्या परिषदले व्यवस्थापन तथा कानुन संकाय अन्र्तगत रहेर नयाँ शैक्षिक पेशागत एवं अनुसन्धान कार्यक्रम खोल्ने, समायोजन गर्ने वा खारेज गर्ने सम्वन्धमा आवश्यक निर्णय गर्ने छ । यस्तै स्वदेशी एवं विदेशी विश्वविद्यालयका शैक्षिक संस्थाहरुमा अनुसन्धान, पेशागत कार्यक्रम तय गर्ने कार्यविधी निर्धारण गरिएको छ । 

अध्यक्ष मल्लले खुला विश्वविद्यालयमा चेम्बरको गतिवधी, व्यापार अनुभव एवं अर्थतन्त्रको बारे विद्यार्थीहरुसंग अनुभव आदनप्रदान समेत गर्नुहुने चेम्बरद्धरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ  । 

प्रतिक्रिया दिनुहोस