aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेपाली युवा भारतमा सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ मंसिर २०७६
नेपाली युवा भारतमा सम्मानित

काठमाडौं । लामो समयदेखि पिछडा वर्गको उत्थानमा लागेका नेपाली युवक भारतमा सम्मानित भएका छन् । सप्तरीमा जन्मिएका प्रकाशमणी राउतलाई नेशनल एनटी क्राइम्स एण्ड ह्युमन राइट्स काउन्सिल अफ इन्डियाले मंगलबार भारतमा सम्मान गरेको हो । 

राउतलाई काउन्सिलका अध्यक्ष देवास लामा र उपाध्यक्ष सकट मिर्जाले गोल्ड प्लेट वितरण गरे । राउतले यसअघि पनि भारतका विभिन्न संघ संस्थाहरुबाट अन्तराष्टिय स्तरको पुरस्कार पाइसकेका छन् । उनी नेपाल पिछडा वर्ग ओविसी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष हुन् । उनी लामो समयदेखि सामाजिक काममा क्रियाशील छन् । 

राउतसँगै वाबुराम अर्याल पनि सोही पुरस्कारबाट सम्मानित भएका छन् । अर्याल फिल्म निर्देशक तथा समाजसेवी हुन् । सो कार्यक्रममा नेपालसहित भारत, मलेसिया, श्रीलंका, इन्डोनिसेसिया लगायतका ११ देशका युवा सहभागी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस