aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

झुनझुनवालाले मन बदल्दा एस बैंकमा गयो पहिरो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ मंसिर २०७६
झुनझुनवालाले मन बदल्दा एस बैंकमा गयो पहिरो

एजेन्सी । शेयर बजारमा उथलपुथल ल्याउन सक्ने एक सफल लगानीकर्ता हुन्, भारतका  राकेश झुनझुनवाला । उनै झुनझुनवालाले लगानी गर्ने सोच बदले भन्ने हल्ला कै कारण भारतमा एक बैंकको शेयर दुई दिनमा २६ प्रतिशतले तल झरेको छ । त्यो बैंक हो, एस बैंक । 

जुन केहिसमय देखि संकटमा रहेको र लगानीकर्ताको खोजि गरिरहेको यो बैंकमा राकेशले लगानी गर्ने भन्ने चर्चा थियो । तर मंगलबार एकाएक उनले २.५ करोड डलर लगानी गर्ने योजना बनेकोमा त्यो सोच बदलेको भारतीय मिडियाले लेखे । लगत्तै यो बैंकको शेयरमा गएको पहिरो दोस्रो दिनसम्म आउँदा २६ प्रतिशतमा पुगेको हो ।

मंगलबार सो बैंकको संचालक समितिको बैठक पनि बसेको थियो तर त्यसले पनि लगानी जुटाउने बारे ठोस निर्णय गर्न सकेन । यसबीच क्यानाडेली अर्वपति  एरविन सिंह बराइचले यसमा लगानी गर्ने हल्ला पनि चल्यो । तर, उनको सम्पति संकास्पद रहेको भन्दै बैंकले लगानी स्वीकार्न सकेन । 
 

प्रतिक्रिया दिनुहोस