aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

उधौली पर्व र योमरी पुन्हीको विदा छैनः गृहमन्त्रालय

  • रासस
    रासस
  • बुधबार, २५ मंसिर २०७६
उधौली पर्व र योमरी पुन्हीको विदा छैनः गृहमन्त्रालय

काठमाडौं । बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने दिइएको छैन । किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको बेला सरकारले सार्वजनिक बिदा नभएको जनाएको छ । 

धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक बिदा जनाए पनि गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक बिदा नभएको जानकारी दिए । सूचना विभागले जारी गरेको पात्रोमा भएको बाहेक अन्य दिन सार्वजनिक बिदा नभएको उनको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस