aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

न्युयोर्कमा १७ नेपाली सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ मंसिर २०७६
न्युयोर्कमा १७ नेपाली सम्मानित

न्युयोर्क। न्युयोर्कमा १७ नेपालीहरु सम्मानित भएका छन् । समाजमा योगदान पुर्याएका १७ नेपाली व्यक्तित्वहरुलाई अतिथी सम्मान २०१९ द्वारा कदर गरिएको छ भने युवा प्रतिभाहरुलाई युवा प्रतिभा पहिचान पुरस्कार द्वारा सम्मान गरिएको छ ।

ुअतिथी सम्मान द्वारा कदर गरिएका ब्यक्तित्वहरुमा शेर्पा किदूग न्यू योर्कका अध्यक्ष सामाजिक अभियन्ता उर्गेन शेर्पा (न्यू योर्क), घ्याल्सुम्दो सेवा संस्थाकि अध्यक्ष सामाजिक अभियन्ता निमा लामा (न्यू योर्क), पंडित उद्धव शास्त्री (न्यू योर्क), सामाजिक अभियन्ता केशवराम राई (न्यू योर्क), सुपरिचित चित्रकार बिमल नेपाल (बोस्टन) नृत्य निर्देशक  बिजयमान नकर्मी (न्यू योर्क), नायक बिक्रान्त बस्नेत (न्यूयोर्क) तथा चर्चित गायक शिव परियार (नेपाल)लाई सम्मान गरिएको छ ।

यसैगरि उक्त समारोहमा वरिष्ठ मिथिला चित्रकार अजित शाह (नेपाल), कलाकार कबिना महर्जन (न्यूजर्सी), सामाजिक अभियन्ता शर्मिला थापा मगर (न्यू योर्क) र मिसेस नेपाल टुरिज्म २०१९ बिजेता छिरिङ डोल्मा शेर्पा (नेपाल) लाई सम्मानित गरिएको छ । त्यसैगरी, ुयुवा प्रतिभा पहिचान पुरस्कारबाट नेपाली हिपहप नृत्यंगना अभियन्ता कोरियोग्रफर जेनिशा डङ्गोल महर्जन (नेपाल), मेधावी विध्यार्थीहरु राज बज्राचार्य  (न्यूयोर्क) र जेम्स कर्माचार्य  (न्यू योर्क)प्रतिभाशाली वाल कलाकारहरु जारा रीत प्रशाई  (न्यूयोर्क) र सिम्रन अधिकारी  (न्यूयोर्क) लाई सम्मान गरिएको छ ।

उक्त समारोहमा प्रमुख अतिथीको रुपमा उपस्थित संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि महामहिम राजदूत अमृत राईले सम्मानित ब्यक्तिवहरुलाई कदर पत्र र जर्सी सिटी नगर प्रमुखका सल्लाहकार डा. बिष्णुमाया परियारले परम्परागत खादाद्वारा सम्मान गरेका थिए । 

वार्षिकोत्सव समारोहमा अतिथी सम्मान २०१९ु बाट समानित कलाकार एवं चर्चित गायक शिव परियारले आफ्ना सुमधुर गीतहरु गुनगुनाएर उपस्थित पाहुनाहरुलाई खुव मनोरन्जन दिलाए भने गायक तुलसीराम न्यौपानेले नेपाली हामी रहौंला कहाँ नेपालै नरहे राष्ट्रगान गाएर सबैलाई भावुक बनाएका थिए । 

नृत्य तर्फ अतिथी सम्मान २०१९ु बाट समानित कलाकार कबिना महर्जनले  युवा प्रतिभा पहिचान पुरस्कार २०१९ु बाट समानित कलाकार नेपाली हिपहप नृत्यकि अभियन्ता कोरियोग्रफर जेनिशा डङ्गोल महर्जन र वाल कलाकार सम्रातमान सिंह डङ्गोलसंग मिलेर नेपाली फ्यूजन नृत्य प्रास्तुत गरेकी थिईन् । त्यसैगरी, युवा प्रतिभा पहिचान पुरस्कार २०१९ु बाट समानित कलाकारहरु जारा रीत प्रशाई र सिम्रन अधिकारी मनमोहक नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस