aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मन्दिरको १६८२० रोपनी जग्गा कसले खायो होला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ बैशाख २०७६
मन्दिरको १६८२० रोपनी जग्गा कसले खायो होला ?

काठमाडौं  । उग्रतारा मन्दिरको जग्गा विभिन्न व्यक्तिले कब्जा गर्ने क्रम बढेको छ । पञ्चायतकालमा १७ हजार रोपनी जग्गा भएको उग्रतारा मन्दिरसँग अहिले १ सय ८० रोपनी मात्रै बाँकी छ । मूल मन्दिर रहेको क्षेत्र नै ऐलानी जग्गामा परेको छ । 


जग्गाका विषयमा पटक पटक विवाद उत्पन्न भए पनि सरोकारवाला निकायले चासो नराख्दा व्यक्तिले हडप्ने क्रम बढेको हो । स्थानीय बासिन्दासँग विवाद पुनः सुरु भएपछि उग्रतारा क्षेत्र विकास समितिले त्यसको समाधानको प्रयास थालेको छ । 

पञ्चायतकालमा राई, भूमिराज, पोखरा र खलंगा गरी ४ वटा गाउँ पञ्चायतमा गरी मन्दिरका नाममा १७ हजार रोपनी जग्गा थियो । ‘१ सय ८० रोपनी चार किल्ला प्रमाणित गरी दर्ता प्रक्रियामा गएबाहेक मन्दिरका नाममा अरु जग्गा छैन।’ मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले भने, ‘मन्दिर रहेको पूरै क्षेत्र नक्सामा ऐलानी वनमा परेको छ ।’ आजको  कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस