aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

स्रोत नखुलेको नेपाली रकम सहित २ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ मंसिर २०७६
स्रोत नखुलेको नेपाली रकम सहित २ जना पक्राउ

बाँके । नेपालगंज उपमहानगरपालिका-२ स्थित घरबारी टोलबाट श्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा नेपालगंज उपमहानगरपालिका-२ बस्ने बिनोद कुमार सोनी र सोही स्थान बस्ने ४६ वर्षीय सौरभ सोनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र ५ नम्बर प्रदेश ब्यूरोबाट खटिएको प्रहरीले भे.५ प २७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस