aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

चार महिनामा थपियो डेढसय मेगावाट विजुली

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • शुक्रबार, २७ मंसिर २०७६
चार महिनामा थपियो डेढसय मेगावाट विजुली

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा १४७ दशमलव ५ मेगावाट जडित क्षमता भएका विद्युत् आयोजनाहरु राष्ट्रिय प्रणालीमा जोडिएका नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार प्राधिकरण अन्तर्गतका २ र निजी क्षेत्रका ६ वटा गरी ८ वटा विद्युत् आयोजना निर्माण सम्पन्न भई प्रणालीमा जोडिएका छन्।प्राधिकरण अन्तर्गतका आयोजनाको जडित क्षमता ७४ मेगावाट छ भने निजी क्षेत्रका आयोजनाको जडित क्षमता ७३ दशमलव ५ मेगावाट छ।

यो अबधिमा विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजनाको वित्तिय प्रगति १०२ प्रतिशत भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस