aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

चीनको कम्पनीले फोहोरबाट विजुली निकाल्न ८ अर्ब लगानी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ बैशाख २०७६
चीनको कम्पनीले फोहोरबाट विजुली निकाल्न ८ अर्ब लगानी गर्ने

काठमाडौं । चिनियाँ कम्पनी चाइना कोन्स भेन्चर होल्डिङ्स लिमिटेडले फोहोरबाट बिजुली निकाल्ने परियोजनाका लागि ८ अर्बको लगानी प्रस्ताव दर्ता गरेको छ । दैनिक ५ सय टन फोहोर व्यवस्थापन गर्दै १० मेगावाट बिजुली निकाल्न चिनियाँ कम्पनीले लगानी बोर्डमा ८ अर्बको लगानी प्रस्ताव दर्ता गराएको हो ।

कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार २ वर्षमा परियोजनाको काम सम्पन्न गर्ने गरी लगानी प्रस्ताव दर्ता गराएको छ । लगानी बोर्डमा परियोजना दर्ता भएको र लगानी बोर्डको स्वीकृति भएमा छिट्टै नै काम सुरु गर्ने कम्पनीको भनाइ छ । कारोबार दैनिकबाट  

प्रतिक्रिया दिनुहोस